शालिकरामका वकिलको सनसनीपूर्ण खुलासा : ‘नेपालको इतिहाँसमा जेल भित्र ‘इन्जोय’ गरेर अन्तर्वार्ता दिने रवि लामिछाने मात्रै हुन्’ शालिकराम प्रकरणमा कोको जाँदैछन् जेल, कोको हुँदैछन् निर्दोष(भिडियो)

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेलाई आज चितवन जिल्ला अदालत उपस्थित गराइँदैछ । पत्रकार समेत रहेका अधिवक्ता स्वागत नेपाल रवि लामिछाने विरुद्ध अदालतमा वहस गर्दैछन् । उनी शालिकराम पुडाशैनीको परिवारका पक्षवाट कानुनी वहस गर्ने भएका छन् । उनले पुडाशैनीको ह त्या हो वा आ त्मह त्या हो भन्ने कुराको निर्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वहसमा जान लागेको बताएका छन् । उनले पुडाशैनीको तर्फवाट कानुनी वहस गर्दा रविलाई अन्यायमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन् । आफु घटनाको सत्य तथ्य वाहिर ल्याउन र न्यायका लागि आफ्नो वहस पैरवी गर्ने बताए ।

पुडाशैनीको परिवार आफुसंग न्यायका लागि लडिदिन आग्रह गर्न आएका कारण आफुले यो मुद्दा लिएको बताए । पुडाशैनीको परिवारले अन्य केही अधिवक्तालाई पनि आग्रह गरेको तर अरुले उनको मुद्दा हेर्न नमानेको कुरा आफुलाई बताएको नेपालले बताए ।उनले रवि लामिछानेलाई फसाउने आफ्नो कुनै उद्देश्य नभएको बताए । यो घटनामा पुडाशैनीले आ त्मह त्या गरेको प्रमाणीत भए झन रवि लामिछाने नफस्ने उनको भनाई छ ।

रवि लामिछानेले कति पैसा कमाए, कतावाट पैसा ल्याए भन्ने कुरा यो मुद्दामा नपर्ने नेपालको तर्क छ । आ त्मह त्यामा रविले दुरुत्साहन गरेको हो वा होइन भन्ने कुरामा वहस हुने बताए । उनले पहिलो वहस पुडाशैनीको ह त्या हो वा आ त्मह त्या हो भन्ने कुरामा हुने र त्यसपछि त्यसका लागि रविले प्रोत्साहन गरेको हो कि होइन भन्ने कुरामा वहस हुने बताए । नेपालले आफु पुडाशैनीको आत्महत्या नै हो भन्ने कुरा प्रमाणीत गर्ने बताए ।

रवि आज रिहा हुन्छन् अथवा पुनः म्याद थपिन्छ अदालतको निर्णय पछि थाहा हुनेछ । तर, पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपालले ऋषि धमलासँग बहसलाई सनसनीपूर्ण अन्तवार्ता दिएका छन् । उनले शालिग्राम प्रकरणपछि रवि लामिछानेको प क्राउ र यससँग जोडिएको तथ्य र कानुनी तर्कहरु पेश गर्दै उनलाई आज पनि अदालतले म्याद थप गर्ने संकेत देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *