रबिलाई जेलमा भेटेपछि रोईन दीपाश्री निरौला, हिरासत भित्र रविको साहस र हिम्मत देखि चकित परे कलाकारहरु (भिडियो)

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसै क्रममा मध्यरातमा कलाकारको जम्बो टोलि पनि चितवन पुगेको छ । काठमाण्डौमा हिजो पत्रकार सम्मेलन गरेर रविको खुलेरै समर्थन गरेका कलाकारहरु रविलाई भेट्न मध्यरातमा चितवन पुगेको समाचार हामीले यो भन्दा पहिलेको नै अपडेट गराइसकेका छौ । चितवनमा पुगेका कलाकारले रविलाई भेटेपछि आफु रविको साहस देखेर चकित परेको बताएका छन् ।

उनीहरुले उहा साच्चै नै महान हुनुहुन्छ, हिरासतमा बसेर पनि उहामा सहस र हिम्मत उस्तै देख्दा खुसि लागेको र यो दृश्यले आफु रोएको कुरा कलाकार दिपाश्रीले पनि बताएकी छन् । कलाकार दिपक्राग गिरि, दिपाश्री निरौला, केदार घिमिरे लगाएत अन्य चर्चित कलाकारहरु अहिले चितवनमा रविको रिहाइका लागि पर्खेर बसेका छन् ।
हेर्नुहोस अहिले चितवनमा भैरहेको दृश्य तपाई तलको भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *