रविको आज पनि हिरासतमै बस्ने, अदालतमा अस्मिता कार्कीले राखिन यस्तो माग !

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा ‘आ त्मह त्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।आज अभियुक्त अस्मिता कार्की (रुकु)को बयान सकिएको जिल्ला अदालत चितवनले जानकारी दिएको छ । चितवन जिल्ला अदालतका अनुसार आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो। सुरुमा अस्मिताको बयान लिइएको छ। ‘आइतबार अस्मितासँग बयान लिइएको छ’, श्रेस्तेदार गिरीले भने, ‘रवि लामिछाने र युवरा कँडेलको बयान समय अभावले आज हुन सकेन।’ उनका अनुसार उनीहरुको बयान सोमबार हुनेछ। बयानपछि थुनछेक बहस हुनेछ।

बयानका क्रममा अस्मिताले पुडासैनीको आ त्मह त्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् ।पुडासैनीले भिडियोमा भनेका कुराहरु कपोलकल्पित भएका कारण मैले सफाई पाउनुपर्छ भन्दै उनले अदालत सामु माग राखेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् । अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो।

बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ। आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आ त्मह त्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *