पर्खेर बसेका हजारौ सर्वसाधारणलाइ दुखित तुल्याउदै रविलाई फेरी लगियो हिरासतमा, अदालतको बाहिर नाराजुलुस गर्दै भड्किए सर्वसाधारण

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणका प्रतिवादीहरु रवि लामिछानेसहित ३ जना पुनः प्रहरी हिरासतमै फर्काइएका छन् । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको हो । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको छ ।

पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए। पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले। गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झु न्डिए को अवस्थामा भेटियो। त्यसरी आ त्मह त्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भयो। त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो। दोस्रो पटक थपिको पाँचदिने म्याद सकिएपछि आइतवार बिहान लामिछानेसहित अन्य दुई जनालाई अदालतमा उपस्थित गरिएको थियो। लामिछानेका समर्थकले बिहानैदेखि भरतपुरको चौबिसकोठी र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *