भोलि सोमबार रविको रिहाइ हुने दिन, विप्लपले गर्यो चितवन बन्दको घोषणा (बिज्ञप्तिसहित)

नेत्रविक्रम चन्द विप्लव नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ती जारी गर्दै भदौ ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ । नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ । राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको कारणले त्यसको विरोधमा नेकपाले सोमवार चितवन वन्दको आवहान गरेको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ “जनताालई आतंकित वनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनि गर्ने कार्यले आँफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ पन हो ।”यसले विकासमा वाधा पुर्याउने पार्टीको ठहर रहेको छ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ । कयर खोला किनारमा आज साँझ बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । विप्लब नेतृत्वको नेकपाले भोली आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ ।

त्यस्तै भोलि पुडासैनी प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा चल्दै गर्दा यता विप्लपको बन्दले झन् चितवन आतंकित बन्ने हो कि भन्ने आशाका गरिएको छ । पुडासैनी प्रकरणमा दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि सोमबार हुने भएको छ। आज अभियुक्त अस्मिता कार्की (रुकु)को बयान सकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए।रवि र अर्का अभियुक्त युवराज कँडेलको भोलि मात्रै बयान हुने गिरीले बताए। बयान नसकिएकालाई आज हिरासतमै राख्न अदालतले आदेश दिएको छ।

यसअघि प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय माग गर्दै मुद्दा दर्ता गरेका हुन्। सो सम्वन्धमा बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो।बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *