सिनामंगलमा टिपरले एकैपटक ३ मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु ४ जना गम्भीर घाइते

काठमाडौं । आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ।दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु तथा घाइते हुने कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर भने फरार रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *