तीज मनाएर घर फर्किदै गरेकी महिलाको गहना लुटियो, चक्कु देखाएर गहना लुटदा खुट्टामा लाग्यो चोट

गुल्मी । गुल्मी सिमानामा तीज मनाएर घर फर्किंदा महिलाको गहना लुटिएको छ ।। अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ देउराली वजार नजिकै तीज मनाएर घर फर्कीदै गरेकी अन्दाजी ५१वर्षीय सिता पौडेल लुटिएको प्रहरीले जनाएको छ ।

महिला बुधवार बेलुकी सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा ५ भुवान पानी आफनो घर तर्फ आउँदै गरेका बेला अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरि करिव २ तोला सुन र मोवाइल सेट लुटेको प्रहरीले जनाएको छ ।

एक्कासी चक्कु देखाएर गहना लुटदा महिलाको खुट्टामा सामान्य चोट लागेको बताइएको छ । महिलाको गरगहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरेका सुनका गहना लुटने लुटेरा फेला नपरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *