लगातार बढेको सुनको मूल्य आज भने घट्यो , तोलामा कति पुग्यो हेर्नुस् !!

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो ।बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज मात्र सयले घटेको हो । आज छापावाल सुन प्रतितोला ७३ हजार ४ रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय तथा तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *