गुल्मीमा फेरी के भयो ? घटना सेलाउन नपाउँदै दिनदहाडै फेरि अर्को यस्तो घटना घट्यो

गुल्मी । धारिलो हतियार देखाएर अर्घाखाँची र गुल्मीको सिमानामा एक जना महिला लुटिएकी छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ देउराली वजार नजिकै तीज मनाएर घर फर्कीदै गरेकी अन्दाजी ५१वर्षीय सिता पौडेल महिला लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताउनु भयो । महिला बुधवार बेलुकी सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा ५ भुवान पानी आफनो घर तर्फ आउँदै गरेकी थिइन् । अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरि करिव २ तोला सुन र मोवाइल सेट लुटेको स्थानीय शोभाखर पाण्डेयले बताउनु भयो ।

पानी परेको समयमा छाता ओडेर घर तर्फ आउने क्रममा एक्कासी चक्कु देखाएर गहना लुटदा महिलाको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । महिलाको गरगहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरेका सुनका गहना लुटने लुटेरा फेला नपरेको प्रहरी नायव उपरिक्षक बिष्टले बताउनु भयो ।मंगलवार सोहि वडाकै वडाअध्यक्षले चढ्ने सरकारी मोटरसाइकल अज्ञात समुहले जलाएको घटना सेलाउन नपाउँदै दिनदहाडै फेरि अर्को घटना घटेसँगै स्थानीय त्रसित बनेका छन् ।अगजनी र लुटपाटका घटना बढेसँगै स्थानीयहरु चिन्तीत बनेका छन् । लुटने अपरिचित समुहको दुबै तिरका प्रहरीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । नेपाल समाचार पत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *