आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ । पछिल्लो समय लगातार बढेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।हिजो सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने ७ सय रुपैयाँ घटेर छापावाला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *