रणवीरलाई दीपिकाको आशीर्वाद !

याँदिल्ली : बलिउडका नवविवाहित कलाकार जोडी रणवीर सिंह अभिनित फिल्म ‘सिम्बा’ गत साता रिलिज भयो । यही उपलक्ष्यमा फिल्म टोलीलाई करण जौहरले मुम्बईस्थित आफ्नै निवासमा ‘सक्सेस पार्टी’ आयोजना गरे ।

जहाँ कलाकारहरुको रमाइलो रोचक थियो । त्यसभन्दा पनि रोचक त दीपिकाले आफ्नै पतिलाई आशीर्वाद दिएको दृश्य थियो । ‘सक्सेस पार्टी’को रमाइलो नै यसैलाई ठानियो ।

खासमा रणवीर ‘डान्समा’मा मस्त थिए । अन्य कलाकार पनि पार्टीमा झुमे । यसै बीचमा दीपिकाले रणवीरलाई आशीर्वाद दिएकी थिइन् । दीपिकाको आशीर्वादको उद्देश्य रमाइलोसँगै फिल्मको लागि सफलताको शुभकामना पनि थियो ।

साँझको यस पार्टीमा रणवीरसँगै फिल्म निर्देशक रोहित सेट्ठी र करन जौहरले पनि आशीर्वाद थापेका थिए । यस्तो तस्बिर रणवीरले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् । जुन अहिले दीपिका र रणवीरका प्रसंसकहरुका लागि रमाइलो खबर बनेको छ ।

पार्टीमा अजय देवगण, अक्षय कुमार लगायत अरु स्थापित कलाकारहरु समेत थिए । फिल्म ‘सिम्बा’मा रणवीरले प्रहरी निरीक्षकको भुमिका निभाएका छन् । २ सय करोड भन्दा बढी लगानी रहेको भनिएको फिल्मको मुख्य आकर्षण नै रणवीरको स्टन्टलाई प्रचार गरिएको छ । फिल्ममा सोनु सूद रणवीर खलनायकको भुमिकामा छन् । रोहितको यो आठौं फिल्म हो ।source:karnali news

Leave a Reply

Your email address will not be published. Required fields are marked *