व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल फिल्म ‘छक्का पञ्जा ३’ अब क्यानडामा प्रदर्शन हुने

काठमाडौँ । व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल मानिएको चलचित्र छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदैछ । नेपालमा रिलिज भएको करिब ६ महिनापछि छक्का पञ्जा ३ क्यानडामा रिलिज हुन लागेको हो ।क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले लिएको निर्माण यूनिटले जनाएको छ । रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो ।

क्यानडाका शहरहरुमा ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ छक्का पञ्जा ३’ भन्ने हाम्रो नारा सहित चलचित्र प्रदृशन गर्न लागीएको बताइउको छ । टोरन्टो, कैलगरी र एडमन्टनमा लगभग पक्का नै भैसककेको र अन्य शहरका लागि तयारी गरिएको स्रोतले जनाएको छ । जापान, अष्ट्रेलिया र अमेरिकापछि फिल्म कयानडामा प्रदृशन गर्न लागीएको हो ।osnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *