रियललाई अर्को झट्का, रोनाल्डोलाई पच्छाउँदै मार्सेलो युभेन्टस जाने

काठमाडौंः स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलिन स्टार मार्सेलोले क्रिस्टियानो रोनाल्डोसँग फेरी खेल्ने इच्छा व्यक्त गरेका छन् । त्यसका लागि उनी युभेन्टस जान चाहेको स्पेनिस मिडियाले दावी गरेका छन् ।
रियलमा हुँदा रोनाल्डो र मार्सेलो मिल्ने साथी थिए । रियल खराब अवस्थाबाट गुज्रिरहँदा मार्सेलोले युभेन्टस जाने सोच बनाएको समचारमा दावी गरिएको छ ।

उनले रियलका प्रशिक्षक सेन्टियागो सोलारीसँग युभेन्टसको प्रस्ताव आए आफुलाई पठाउन तयार रहन आग्रह गरेको बताइएको छ । रोनाल्डो यही सिजनको सुरुवातमा रियलबाट युभेन्टस पुगेका थिए ।कर्णाली न्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *