यि हुन करलो खाँदा हुने अपत्यारीला फाइदा

हरियो तथा सेतो प्रजातिमा उपलब्ध करेलाले यसका पारखीहरूलाई आकषिर्त गरिरहेको हुन्छ । यसको स्वाद तीतो हुने हुँदा धेरैले यसलाई रुचाउँदैनन् पनि, तर यही तीतोपनप्रति हुरुक्कै हुनेहरू पनि कम छैनन् । स्वाद जेजस्तो भए पनि करेलाको गुण भने मीठो हुन्छ । यसले मानव स्वास्थ्यलाभका लागि निकै सहयोग गर्छ । के के छन् त यसका फाइदा रु केकस्ता स्वास्थ्यसम्बन्धी फाइदा गर्छ त यसले रु थाहा पाउने होइन त रु करेलामा प्रशस्त मात्रामा फस्फोरस पाइन्छ । यसले कफ, कब्जियत एवं पाचनसम्बन्धी समस्याहरूलाई हटाउँछ । करेला खाएपछि पाचन प्रणाली राम्रो हुने भएकाले भोक जाग्छ ।

दमका रोगीहरूलार्य करेलाले फाइदा गर्छ । मसला नहालिकन पकाइएको करेला खाँदा दमका रोगीलाई लाभ मिल्छ । पेटमा ग्याँस बढ्ने तथा अपच हुने समस्यामा करेलाको रस सेवन गर्नु लाभदायी हुन्छ । करेलाले लामै समयसम्म यस्तो समस्या आउन दिँदैन । करेलाको रस पिउनाले कलेजो बलियो हुन्छ र कलेजोका सबैखाले समस्या कम गर्न पनि यसले सहयोग गर्छ । नियमित करेला सेवन गर्दा एक हप्तामै यसको परिणाम देखा पर्छ । पहेँले रोग अर्थात् जन्डिसमा पनि कलेजाले फाइदा गर्छ । करेलाको फल मात्र नभई पातसमेत लाभदायी छ । करेलाको फल वा पातलाई पानीमा राम्रोसँग उमालेर उक्त पानी सेवन गर्दा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । यसबाट कुनै पनि प्रकारको संक्रमण समेत ठीक हुन्छ । उल्टी हुने, पाद आउने तथा हैजाको समस्यामा करेलाको रसमा वीरेनुन मिलाएर पिउँदा तुरुन्त आराम मिल्छ । पेटमा पानी भरिने समस्या छ भने दुई चम्चा करेलाको रस एक गिलास पानीमा मिसाएर केही दिन नियमित पिउँदा फाइदा हुन्छ ।

प्यारालाइसिसको समस्यामा पनि यो लाभदायक छ । काँचो करेला खानाले यो रोगमा राम्रो फाइदा गर्छ । करेलाले रगत सफा पार्ने काम गर्छ । मधुमेहका रोगीलाई पनि यसले राम्रो गर्छ । मधुमेह छ भने एक चौथाई कप करेलाको रसमा त्यति नै मात्रामा गाजरको रस मिलाएर पिउँदा फाइदा मिल्छ । रगत निस्कने पाइल्समा करेलाले अत्यन्त फाइदा गर्छ । एक चम्चा करेलाको रसमा आधा चम्चा सखर मिसाएर पिउँदा आराम मिल्छ । बाथ एवं हातखुट्टा पोल्ने समस्या भए करेलाको रसले मालिस गर्दा तुरुन्तै आराम मिल्छ । मिर्गौलाको समस्यामा करेला उमालेको पानी तथा करेलाको रस दुवैले फाइदा दिन्छ । यसले मिर्गौलालाई सक्रिय तुल्याएर हानिकारक तत्व वा टक्सिनलाई शरीरबाहिर निकाल्न मद्दत गर्छ । मुटुरोगमा पनि करेलाले फाइदा पुर्‍याउँछ । यसले मुटुको धमनीमा हानिकारक बोसो जम्न दिँदैन र रक्तसञ्चार सुचारु हुन्छ र हृदयाघातको सम्भावना कम गर्छ । कागतीको रसमा करेलाको रस मिसाएर अनुहार तथा शरीरमा दल्नाले छालासम्बन्धी समस्या ठीक हुन्छन् । करेलाको रसले क्यान्सरसँग लड्न सहयोग क्यान्सरसँग लड्न सहयोग गर्छ । यति फाइदा हुँदाहुँदै पनि करेलाका केही अवगुण पनि छन् । रक्तचाप कम हुने मानिसले करेला धेरै खानुहुँदैन । अरूले पनि यसबाट मिल्ने फाइदा समुचित रूपले लिनका लागि मात्रा मिलाएर खानु आवश्यक छ ।osnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *