कृष्ण र रुपाको कथामा आयो मनछुने भिडियो, मन्त्री शक्ति बहादुरले गरे यसरि प्रशंसा (भिडियो)

काठमाडौँ : गायक निवास थापाको लोक तथा आधुनिक गीति एल्बम ‘हृदय’ को बिमोचन भएको छ । बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतद्वारा उक्त एल्बमको विमोचन गरेको हो ।

गायक निवास थापाको जन्मदिनको अवसर पारेर बिहिबार अनामनगरमा एक कार्यक्रम गरि एल्बमको विमोचन गरेको थियो । एल्बमको ‘मृत्युमा एउटै’ बोलको गीतमा करेन्टले दुवै हात गुमाएका कृष्ण ओली र रुपा ओलीको कथालाई प्रस्तुत गरेको छ ।

निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो अजय रेग्मीले छायांकन गरेको छ भने अधिनायक मान शेरचनले सम्पादन गरेका हुन् । भिडियो मा अर्चना काउच मगर र नबिन श्रीषका अलावा भाग्य न्यौपाने र बिबस बस्नेतको अभिनय रहेको छ ।

गीतको शब्द/ संगीत केशब अधिकारी र संगीत संयोजन गोपाल रसाइली रहेको छ ।

भिडियो :

(स्रोत :सिम्पल अनलाइन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *