के मानवले अर्काे शताब्दी देख्न पाउँछ ? मानिसको पनि कतै डायनोसरको जस्तै हविगत त हुने होइन ?

मानिसको पनि डायनोसरको जस्तै हविगत त हुने होइन ?

अहिले मानवजाति जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी अथवा पृथ्वीमा उल्का पिण्ड खस्नेजस्ता ज्यान जाने घातक खतराहरुको सामना गरिरहेको छ ।

रेडियो प्रसारणकर्ता तथा दार्शनिक डेभिड एडमन्डस्ले यो विषयमा विशेषज्ञहरुसँग कुराकानी गरेर यो शताब्दीको अन्त्यसम्म मानिसको अस्तित्व नै मेटिने त होइन भन्ने विषयमा जान्ने प्रयास गरेका छन् ।

सबैभन्दा ठूलो खतरा के हो ?
अक्सफोर्डका ह्युम्यानिटिज इन्स्टिच्यूट (मानविकी संस्थान) सँग जोडिएका शोधकर्ता एन्डर्स स्याण्डबर्गका अनुसार, ‘मानव जातिसामु लुप्त हुने यस्तो खतरा छ, जसले पुरै कहानी खत्तम गरिदिनेछ ।’

बिसौं शताब्दीसम्म हामी निकै सुरक्षित स्थानमा रहिरहेको सोच्नै गर्दथ्यौं तर अब यो स्थिति ठिक बदलिएको छ । मानव जातिको लुप्त हुने खतरा, चिन्ताजनक रुपमा अझ धेरै र विभिन्न प्रकारबाट बढिरहेको छ । यसका केही उदाहरण लिन सकिन्छ ।

उल्का पिण्ड पृथ्वीमा खस्ने सम्भावना
सन् १९८० को दशकसम्म हामीलाई के लाग्थ्यो भने आकाशबाट खस्ने उल्का पिण्डको कारण पृथ्वीमा कुनै महाविनाश आउँदैन । तर यही दशकमा वैज्ञानिक लुइस र वाल्टर एवारेज (बाबु–छोरा) ले उल्का पिण्डको कारणले नै डायनोसरको अस्तित्व मेटिएको अवधारणा राखेका छन् ।

जब मेक्सिकोको यूकटान खाडीमा एउटा ठूलो खाडलको पत्ता लाग्यो, यसपछि वैज्ञानिकहरुको एक अन्तर्राष्ट्रिय प्यानलले पनि यो विचारको समर्थन गरेका छन् । तर उल्का पिण्ड पृथ्वीमा खसेर विनाशको सम्भावना भने अहिले टाढाकै कुरा हो किनकि त्योभन्दा धेरै खतरा मानव जाति नै सिर्जना गरिरहेको छ ।

जनसंख्याको अतिवृद्धि, स्रोतको क्षय र जलवायु परिवर्तन
जलवायु परिवर्तनबाट आउने खतराबाट हामीहरु परिचित छौं तर लण्डन विश्वविद्यालयकी शोधकर्ता क्यारिन कुल्हेमनले जनसंख्या वृद्धिमा आफ्नो धारणा राखेकी छिन् । घट्दो क्रममा रहेको प्राकृतिक संसाधन पनि अहिले चिन्ताको विषय बनिरहेको छ ।

क्यारिनका अनुसार, अन्य चिजहरुले गर्दा जनसंख्या सामूहिक चिहानमा समाधिस्थ हुनसक्छ । त्यसैगरी जलवायु परिवर्तन र जनसंख्या वृद्धि पनि एकआपसमा सम्बन्धित छन् । ‘जनसंख्या वृद्धिको जलवायु परिवर्तनमा विशेष असर पर्दछ किनकि संसाधन खत्तम भइरहेको छ र त्यसको दोहन भने बढिरहेको छ, जसले गर्दा जलवायु परिवर्तनको स्थिति भयावह बनिरहेको छ’, उनी भन्छिन् ।

यदि जनसंख्या वृद्धि रोकिए पनि जलवायु परिवर्तन रोक्न अब असम्भव कामजस्तै भएको उनी बताउँछिन् ।

जैविक विविधताको विनाश
केही शोधकर्ताहरु भन्छन् कि यो शताब्दीको मध्यसम्म व्यवसायिक रुपमा माछा समाउने उद्योगका लागि पनि समुद्रमा पर्याप्त माछा बच्ने छैन । यसको मतलब पसलमा किन्नका लागि माछा, चिप्स र फिश करी पनि मिल्ने छैन ।

किरा–फट्याङ्ग्रा पनि द्रूत गतिमा लुप्त भइरहेका छन्, योसँगै चिडियाघरमा रहेको कयौं किस्सा पनि खत्तम भइरहेका छन् किनकि उनीहरुको भोजन ती किराहरु हुन्, जो अब अस्तित्वमा छैनन् ।

क्यारिन भन्छिन् कि खत्तम भइरहेको जैविक विविधताको सबैभन्दा ठूलो र भयानक असर मानव जातिमा नै पर्ने देखिन्छ ।

महामारी
क्याम्ब्रिज विश्वविद्यालयकाे सेन्टर फर एक्सन्टेशियल रिस्कमा काम गर्ने ललिथा सुन्दरम जैविक खतराको अध्ययन गरिरहेकी छिन् । उनी भन्छिन्, ‘सन् १९१८ मा स्पेनमा फ्लूको महामारीको दौरान एक अनुमानका अनुसार, झण्डै आधा जनसंख्या यसको चपेटामा आएका थिए र यसबाट ६ देखि १० करोड मानिसले ज्यान गुमाएका थिए ।’ जब ठूलो संख्यामा विस्थापन हुन्छ तब महामारी हुने गर्दछ ।

मानिसबाटै खतरा
मानव निर्मित विनाशको खतराको पछि कुनै उद्धेश्य हुँदैन । तर विज्ञान र प्रविधिको युगमा विनाशकारी हमलाको सम्भावना बढिरहेको छ । उदाहरणका लागि (सिन्थेटिक बायोलोजी) कृत्रिम जीवविज्ञानको प्रयोग गरिरहेको ल्याब (प्रयोगशाला) मा प्राणघातक भाइरस बनाइन्छ ।

फ्यूचर अफ लाइफ इन्स्टिच्यूटका शोधकर्ता फिल टोरेसका अनुसार, यदि सबैकुरा नष्ट गर्ने विनाशकारी बटन (स्वीच) हुन्थ्यो भने पनि त्यस्ता व्यक्तिको कमी छैन, जो त्यो बटन दबाउन चाहन्छ । त्यो बटन दबाउने धार्मिक कट्टरपन्थी हुनसक्छ, जो यो मान्छन् कि उनीहरुलाई भगवानले दुनियाँको नष्ट गर्ने आदेश मिलेको छ ताकि उसलाई बचाउन सकियोस् । जस्तै जापानमा भएको थियो ।

फिलका अनुसार, यस्ता मानिससँग पनि खतरा छ, जो मानवजातिको विनाशलाई लिएर आफ्नो आफ्नो कारणबाट आफै प्रेरित हुन्छन् । जस्तै सार्वजनिक स्थानहरुमा अन्धाधुन्ध गोलीबारी गर्नेहरु । यस्ता व्यक्तिहरु सार्वजनिक र निजी स्तरमा सबैलाई समाप्त पार्ने मनशायका हुन्छन् ।

तर यस्ता व्यक्तिहरुको संख्या कति होला ? एक अनुमानका अनुसार, यो समय विश्वमा साइकोप्याथ (मानसिक रोगी) व्यक्तिको संख्या ३० करोड हुनसक्छ । यसमध्ये केही व्यक्ति आम मानिसका लागि खतरा बन्न सक्छन् ।

परमाणु युद्ध
परमाणु युद्धले हामीलाई पूरै समाप्त गर्न सक्दैन तर यसको असरले हामीलाई समाप्त गरिदिन्छ । ग्लोबल क्याटोस्ट्रोफिक रिस्क इन्स्टिच्यूटका सेथ बामका अनुसार, परमाणु विस्फोटको धुलो वायुमण्डलमा निकै माथिसम्म जानसक्छ । त्यो धुलो दशकौंसम्म वायुमण्डलमा बसिरहन्छ र सूर्यको प्रकाश पनि रोक्न सक्छ ।

परमाणु युद्धका कारण पहिलो असर ठूलो संख्यामा विनाश, फेरि आर्थिक बाधा र अन्त्यमा विश्वको पर्यावरणमा नराम्रो असर पर्न सक्छ ।

कृत्रिम बुद्धिमत्ता
कृत्रिम खतरा कयौं तरहका हुन सक्छन् । कम्प्युटरको स्वतन्त्र गणनामा दुर्घटनावश खराबी आउँदा विश्वको शेयर बजार तहसनहस हुनसक्छ, जसका कारण अर्थव्यवस्था नष्ट हुन्छ या मेशिनको नियन्त्रणभन्दा बाहिरको कल्पना गर्न सकिन्छ ।

तर एउटा कुराबाट विशेषज्ञ चिन्तित छन्, डीप फेक भिडियो (नक्कली भिडियो), जसमा कुनै चर्चित व्यक्तिको फुटेजसँग छेडछाड गरिन्छ र भिडियो बनाउनेले जस्तो चाहना गर्‍याे त्यस्तै बनाउन सक्छ । संदिग्ध एजेन्ट यस्तो गरेर दुई देशको बीचमा युद्ध गराउन सक्छन् र जसले परमाणु युद्धको स्थिति सिर्जना गर्न मद्दत गर्दछ ।

यी खतरालाई कसरी कम गर्न सकिन्छ त ?
हाम्रो सभ्यता कति संकटमा छ त ? यसको उत्तर यो कुरामा निर्भर रहन्छ कि कस्तो खतराको कुरा गरिँदैछ । भविष्य कुनै पत्थरमा लेखिएको कागज त होइन, यो कुरालाई ध्यानमा राख्नुपर्छ । यस्ता धेरै कुराहरु छन्, जसलाई हामी गर्नसक्छौँ र अब बेला भइसकेको छ ।

तर क्यारिन कुल्हेमन जनसंख्या वृद्धि नै सबैभन्दा ठूलो समस्या भएको मान्छिन् । उनी भन्छिन्, ‘परिवारको आकारसँग जोडिएको सामाजिक तौरतरिका बदल्नका लागि जरुरी भइसकेको छ र आफूले चाहेबमोजिम बच्चा जन्माउने र मन लागेको खाने छुटमा नियन्त्रण गर्नुपर्छ ।’

तर क्यारिन भन्छिन्, मानवजातिका लागि २१ औं शताब्दी अन्तिम नबनाउनका लागि यस्ता खतरालाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।
-बीबसीबाट अनूदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *