वाईडवडी काण्डबारे छानविन गर्ने बताएका इन्जिनियर आफै विमानमा उडेपछि…

काठमाडौं । वाईडबडी जहाज खरिदमा ठूलो घोटाला भएको र भ्रष्टाचारमा संलग्नको पर्दाफास गर्ने घोषणा गरेका ‘पब्लिक इनोभेटर’ ई. दिपेन्द्र कँडेल आँफै सो जहाज चढेर सुटुक्क दिल्ली गएका छन् ।

नेपालमा अहिले भएका वाईडबडी अर्थात ‘अन्नपूर्ण र मकालु’ मध्ये कँडेल अन्नपूर्ण जहाज चढेर दिल्ली गएका हुन् । कँडेलले अन्नपूर्णको सिट क्षमता र पाईलटको रिक्रुटमेन्टलाई लिएर पनि भ्रष्टाचारको आधार हो भन्ने धारणा सार्वजनिक गरेका थिए ।

कँडेलनिकट स्रोतका अनुसार उनी यतिवेला मन्त्रीसवार हेलिकप्टर दुर्घटनाको अनुशन्धान गराउन यतिवेला भारतको नयाँ दिल्लीमा छन् । स्रोतका अनुसार कँडेल एयरवस ग्रुप ईन्डियाको निमन्त्रणमा भारत गएका हुन् ।

केही समय पहिले उनले एक युट्युव च्यानलमार्फत वाईडबडी घोटालमा संलग्न ठूला माछालाई पछारेरै छोड्ने उद्धघोष गरेका थिए । तर, अहिलेसम्म त्यो माछा को हो भन्ने कुरा उनले खुलासा गर्न सकेका छैन् ।

हाल कँडेल हेलिकप्टर दुर्घट्नाको अनुशन्धान र वाईडबडी जहाज खरिद घोटाला प्रकरणको बारेमा रिसर्चमा केन्द्रित छन् ।
(श्रोत : DCnepal)

Leave a Reply

Your email address will not be published. Required fields are marked *