आईपीएलमा आज सन्दिप लामिछानेको टिम दिल्लीले कोलकता नाइट राइडर्ससँग खेल्दै

एजेन्सी – आज नेपाली चर्चित खेलाडी सन्दिप लामिछानेको टिम दिल्लीले कोलकता नाइट राइडर्ससँग खेल्दैछ ।भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध रहेको टिम दिल्ली क्यपिटल्सले कोलकता नाइट राइडर्ससँग राति ८ः१५ मा खेल्दैछ । सन्दीप लामिछानेको टिम दिल्ली क्यपिटल्सले आज आफ्नो तेस्रो खेल खेल्ने भएको हो ।

सन्दीप समावेश नभएको सुरूवाती तीन खेलमा एक जित र एक हार ब्यहोरेको छ ।आजको खेलमा सन्दीपले खेल्ने मौका पाउन सक्ने संभावना रहेको बताइएको छ । आज पनि पाली चर्चित खेलाडी सन्दिप लामिछानेले राम्रो प्रदर्शन गर्ने सबैले अनुमान लगाइएको छ ।

(स्रोत :ताजा खबर )

Leave a Reply

Your email address will not be published. Required fields are marked *