नेपालीका प्रितमले रुवाए जज र अतिथीलाई – हेर्नुस भिडियो

सारेगमप लिटिल च्याम्समा नृपाली बालकलाकार प्रितम आचार्यले जज तथा अतिथीलाइ भावुक बनाएका छन । सनिबार राति प्रसारण बनेकाे एपिसाेडमा प्रतिमले अडिसनमा गाएकाे गित ‘ए बदल्ने वाले हावा’ गाउदा चर्चित बलिउड नायक ज्याकी श्रृफ भावुक मात्रै बनेनन रुमालले आँसु समेत पुछे । याे हप्ताकाे पहिलाे दिन प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले उत्कृष्ट प्रर्दशन गरेका छन् । “१०० डेज” मा समाबेश “सुन बेलिया सुन मेहरबानी ” बोलको गीत गाएका थिए । उनले आजको प्रस्तुतीमा ९६.७ प्रतिशत नम्बर ल्याए । उनकाे प्रस्तुतिकाे तारिफ गर्दै नायक ज्याकी श्रृफले अडिसनमा गाएकाे गित पुनः गाउन लगाएका थिए । उक्त गित गाउदा कार्यक्रमकाे माहाेल नै निकै भावुक बनेकाे थियाे ।

उसाे त पछिल्लो समयमा भारतीय रियालिटी शोहरुमा नेपालीहरुको बाहुल्यता र पहुँच निकै बढिरहेको छ । भारतीय च्यानल जिटिभीबाट प्रसारण भईरहेको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बाल कलाकार इटहरीका बालक प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले धमाकेदार प्रस्तुतीहरु दिईरहेका छन् । प्रतिम र आयुषले सारेगमपमा निकै चर्चा समेत कमाईरहेका छन् । पछिल्लो समय लगातार १०० प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिँदै आएका उनलाई सनिबारकाे प्रस्तुतिमा जजहरुले केही सल्लाह पनि दिए । तथापी जज सान , ऋचा शर्मा र अमाल मलिकले खुलेर प्रशंसा गरे । आज अथितीकोरुपमा आएका नायक ज्याकी श्रृफ प्रितमको प्रस्तुतीमा झुमे । उनले प्रितमलाई पुन: यसअघि गाएका गीत “सन्देशा आते है” गाउँन लगाएका थिए । जुन गीत प्रितमले गाउँदा ज्याकी रोएका थिए । प्रितमले सो गीत अघिल्ला एपिसोडमा गाउँदा उनी भारतभरी चर्चामा आएका थिए ।

जसको प्रशंसा बलिउडका चर्चित नायकहरुले समेत सामाजिक सञ्जालमार्फत गरेका थिए । पुलवामामा आक्रमणपछि भारतीयहरुमा देशभक्तीको भावना थप जागृत भईरहेको बेला उनले गाएको सो गीतले भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् ।
भिडियाेमा हेर्नुहाेस

स्रोत :आर्टिकल नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *