पत्रकार खेम भण्डारीसंग २ सय रुपैयाँ लिएपछि रबि लामिछाने पुनः विवादित, खास कुरो के हो ? (नालीबेलीसहित)

काठमाडौं, २७ साउन । कन्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई दुई सय रुपियाँ चन्दा दिएको खुलासा गरेका छन् ।

निर्मला पन्त का*ण्डमा टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगमा बहस गर्न टिकट काटेरै भण्डारीलाई बोलाएका थिए । तर, लामिछानेले त्यो टेलिभिजनको लाइभ कार्यक्रममा पत्रकार भण्डारीको अपमान गर्दै पैसा फिर्ता मागेपछि भण्डारीले पनि तत्काल लामिछानेलाई दुई सय बोनससहित पैसा फिर्ता गरिदिएका हुन् ।

लामिछानेले पत्रकार भण्डारीलाई दुईतर्फी प्लेनको टिकटका लागि ११ हजार ८ सय रुपियाँ खर्च गरेका थिए । पत्रकार भण्डारीको अपमान गर्दै लाइभ कार्यक्रमबाटै टेलिभिजन प्रस्तोता लामिछानेले प्लेनको टिकटको पैसा मागेपछि भण्डारीले कार्यक्रम सकिनेवित्तिकै १२ हजार रुपियाँ लामिछानेलाई दिएका थिए ।

लामिछानेले भण्डारीसँग दुई सय रुपियाँ लिन कुनै हिच्किचाहट मानेनन् । उनले त्यो दुई सय रुपियाँ पनि फिर्ता गरेनन् ।

वरिष्ठ पत्रकार भण्डारीले फेसबुकमा लेखेका छन्, ‘ न्युज २४ ले मेरा लागि ११८०० को आतेजाते टिकेट किनेको थियो । मैले रबिलाई २०० थपेर १२०० बुझाएको छु ।’

त्यति मात्रै होइन पत्रकार भण्डारीले फेसबुकमा लेखेका छन्, ‘मेरो टिम (दुई जनाको) काठमाडौं आतेजाते र ३ रातको बाँस खर्च रु ३८५०० । हेल्प नेपाल, वन पैदावार संघ कन्चनपुर र कन्चनपुरका उद्योगी व्यवसायीका तर्फबाट स्वस्फुर्त प्रदान गरिएको रकम ४०००० । बाँकी १५०० दवाव समूहलाई हस्तान्तरण गरिनेछ ।’

पत्रकार भण्डारीलाई कञ्चनपुरबाट काठमाडौं प्लेन भाडासहित ल्याएर होटेलमा राखेर टेलिभिजन प्रस्तोता लामिछानेले निर्मला पन्त प्रकरणमा बहस गर्ने भनेर ठूलाठूला गफ दिएका थिए । तर, लामिछानेले टेलिभिजन बहसको लाइभ कार्यक्रममा भण्डारीसँग पैसा मागेर आफ्नो औकात देखाएको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *