लेकसाइडमा चल्ने रात्रिकालिन ब्यबसायले स्थानीयलाई तनाव : रातभर कोलाहलदेखि बाटोमै शारी*रीक स*म्बन्ध राखेकोसम्म दृश्य देखेपछि स्थानिय पुगे अदालत

पोखरा, २८ साउन । पर्यटकीय नगरि पोखरा पछिल्लो समय विकृत बन्दै गएको छ । यहाँका सरोकारवालाहरुले पर्यटन मैत्री वातावरण बनाउन हरसम्भव प्रयास गरिरहेका भए पनि त्यस्तो भएको छैन । बिशेष गरेर त्यहाँ गरिने रात्रीकालीन व्यवसायले स्थानीयबासीलाई हैरान बनाएको छ ।

लेकसाइडलाई २४ सै घण्टा खोल्नुपर्ने माग उठिरहेका बेला पोखरामा सन्चालन भईरहेका डिस्कोथेक, डान्सबार र पवका कारण वातावरण अराजक बन्दै गएकोमा लेकसाइडवासीले गुनासो गरेका छन् । लेकसाइडबासीले गुनासो मात्र गरेका छैनन्, उनिहरुले न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

उनिहरुको भनाई छ – ‘रातभर सुत्न सकिँदैन । एक प्रहर निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ उनिहरुको भनाई छ ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ अहिलेको युवापुस्ता बिग्रिँदै गएकोमा गुनासो समेत गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्-

अन्य समाचार

हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिनुभयो । बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिनुभयो । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उहाँको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *